Madhes Khabar
शिक्षा

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले दियो फ्रिज र इलेक्ट्रीक हट ब्याग

वीरगन्ज,४जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा एक थान फ्रिज (रेफ्रिजेरेटर) र २० थान इलेक्ट्रिक हट ब्याग सहयोग गरिएको छ ।

मधेस प्रदेश सरकारका कृषिमन्त्रीसमेत रहेका क्षेत्रीको सहयोगमा क्याम्पसको नेविसंघ ईकाई समितिले ती सामग्री क्याम्पसलाई उपलब्ध गराइएको हो । आइतबार मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको विशेष उपस्थितिमा नेविसंघकी ईकाई समिति सभापति सविना सुनारले फ्रिज र इलेक्ट्रीक हट ब्याग क्याम्पस प्रमुख डा. कल्पना पौडेललाई हस्तान्तरण गरेको नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए ।

त्यसअवसरमा नेविसंघ पर्साका उपसभापति विक्रम पटेलका साथै क्याम्पसका विधार्थीहरुकोपनि सहभागिता रहेको थियो ।

Related posts

पर्साको लखनपुरमा एसइइ उत्तीर्ण विधार्थीहरु सम्मानित

MadhesKhabar

देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु

MadhesKhabar

पर्साका माओवादी नेताहरुद्वारा शिक्षा मन्त्रिलाई विधालय समस्याबारे ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment