Madhes Khabar
शिक्षा

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले दियो फ्रिज र इलेक्ट्रीक हट ब्याग

वीरगन्ज,४जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा एक थान फ्रिज (रेफ्रिजेरेटर) र २० थान इलेक्ट्रिक हट ब्याग सहयोग गरिएको छ ।

मधेस प्रदेश सरकारका कृषिमन्त्रीसमेत रहेका क्षेत्रीको सहयोगमा क्याम्पसको नेविसंघ ईकाई समितिले ती सामग्री क्याम्पसलाई उपलब्ध गराइएको हो । आइतबार मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको विशेष उपस्थितिमा नेविसंघकी ईकाई समिति सभापति सविना सुनारले फ्रिज र इलेक्ट्रीक हट ब्याग क्याम्पस प्रमुख डा. कल्पना पौडेललाई हस्तान्तरण गरेको नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए ।

त्यसअवसरमा नेविसंघ पर्साका उपसभापति विक्रम पटेलका साथै क्याम्पसका विधार्थीहरुकोपनि सहभागिता रहेको थियो ।

Related posts

वीरगंज–२८ बगहीको एक सामुदायिक विधालयमा पंखा वितरण

MadhesKhabar

झौवागुठीको विद्यालयमा भवन बनाउन प्रदेशसभा सदस्य क्षेत्रीले दिए ९ लाख ९० हजार

MadhesKhabar

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

Leave a Comment