Madhes Khabar
शिक्षा हेडलाइन

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

बारा,१७चैतःमाध्यमिक शिक्षा परीक्षा(एसईई)को परिक्षा केन्द्रको केन्द्राध्यक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक वा मावि तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान एसईई परीक्षा व्यवस्थापन निर्देशिकामा उल्लेख छ । यस्तै एसईईको केन्द्राध्यक्ष निर्देशिन पुस्तिका २०८०मा पनि शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुखले जिल्ला परीक्षा समन्वय समितिकोे निर्णय अनुसार, परीक्षा केन्द्रका लागि माध्यमिक विद्यालयका प्रधानाध्यापक वा कम्तीमा माध्यमिक तहका स्थायीय एक जना शिक्षकलाई केन्द्राध्यक्षमा नियुक्त गर्नुपर्ने उल्लेख छ ।

तर अहिले जारी एसईईका लागि बाराको एक परिक्षा केन्द्रमा ती दुवै प्रावधान मिचेर निमावि तहका एक शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गरेर परीक्षा सञ्चालन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ बाराका प्रमुख उपेन्द्र सिंहले बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ४ खुटवाजब्दी स्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्रमा निमावि तहका शिक्षक सुखल साहलाई केन्द्राध्यक्ष नियुक्त गरेका हुन् ।

निमावि तहका शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गर्नै नपाइने भएपनि बाराका शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख सिंहले भने अनुचित लाभमा परेर निमावि तहका शिक्षक साहलाई केन्द्राध्य बनाएको स्थानीय अभिभावकले आरोप लगाएका छन् । त्यसमा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीलेपनि साथ दिएको आरोप लागेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख सिंहले भने उक्त विद्यालयका प्रधानाध्यापक पवन सिंह दुर्घटनामा परेर घाइते भएपछि त्यहि विद्यालयका निमावि तहका शिक्षक साहलाई केन्द्राध्यक्षमा नियुक्त गरिएको बताए ।सिंहका अनुसार,उक्त विद्यालयमा मावि तहको एक मात्र दरबन्दी छ । उक्त दरबन्दीमा कार्यरत प्रधानाध्यापक सिंह घाइते भएका कारणले निमावि तहका शिक्षक साहलाई वरिष्ठताका आधारमा केन्द्राध्यक्ष नियुक्त गर्नुपरेको सिंहले बताए ।साहको नाममा प्रधानाध्यापक सिंह स्वयंले लिखित सहमति दिएपछि उनलाई केन्द्राध्यक्ष नियुक्त गरिएको सिंहको भनाई छ ।

एसईईको केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०८०मा केन्द्राध्यक्ष मावितहकै शिक्षक हुनुपर्ने र निमावि वा प्रावि तहका शिक्षकलाई नियुक्त गर्न नपाइने स्पष्ट निर्देशन छ नि भन्ने मधेस खबरले प्रश्न गर्दा सिंहले भने,‘ त्यो त हो । तर मेरो एकल निर्णयमा गरिएको होइन । सबैको सहमतिमा साहलाई केन्द्राध्यक्ष नियुक्त गरिएको हो । सम्बन्धित प्रधानाध्यापक सिंह आँँफैले साहको नाममा लिखित सहमति दिनु भयो । त्यसपछि शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा जिल्ला परीक्षा समन्वय समितिले केन्द्राध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्रिय मावि खुटवाजब्दीमा बाराको बेंगा साह मावि प्रसौनी , नेपाल राष्ट्रिय मावि प्रस्टोका र नेपाल राष्ट्रिय मावि बुनियाद गरी तीन वटा विद्यालयको परीक्षा केन्द्र तोकिएको छ ।उक्त विद्यालयमा ती तीनवटै विद्यालयका गरी २ सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् ।

Related posts

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

MadhesKhabar

पटेर्वासुगौली गाँउपालिका शिक्षक संघको अध्यक्षमा सुनिता चौधरी चयन

MadhesKhabar

गढीमाई मन्दिरमा दसैंमा साढे ९ लाख नगद र ३३ थान सुनचाँदीका गहना भेटीका रुपमा संकलन

MadhesKhabar

Leave a Comment