Madhes Khabar
राजनीति हेडलाइन

सत्तागठबन्धन टुट्दैन , राष्ट्रपति एमालेकै बन्छ : एमाले उपमहासचिव गुरुङ

मधेसखबर
वीरगन्ज,२९माघ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् ।आइतबार वीरगन्जमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुरुङले पुस १० मा सत्तागठबन्धन दल बिच भएको सहमति अनुसार राष्ट्रपति एमालेकै बन्ने दाबी गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचन पछि सत्तागठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको उनले बताए । गुरुङले भने ,‘ पुष १० मा एमाले र माओवादी बिच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो , त्यसै अनुरुप राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ , ढुक्क भएर बसे हुन्छ ।

माओवादी केन्द्रको हालैको बैठकले पनि एमाले सहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्तागठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने जिकिर उनले गरे ।उनले दल बाहिरको व्याक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने पनि प्रष्ट पारे ।एमालेले अहिलेको सत्तागठबन्धनलाई टिकाएर मुलुकमा राजनीतिक स्थायीत्व , विकास र समृद्धिको बाटोमा अगाडि बढाउने पनि उनले बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने , जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ती पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताए ।गुरुङले सुदूरपश्चिम प्रदेशमा फेरि एमालेकै सरकार बन्ने परिस्थिती बन्दै गएको जिकिर पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पनि एमालेले अगाडि सारेकै व्याक्ति राष्ट्रपति बन्ने बताए । उनले भने ,‘ तर एमालेको उम्मेदवार को बन्छ ? त्यो अहिले भन्न मिल्दैन । अहिले नै नाम सार्वजनिक गरियो भने विपक्षीहरुले षडयन्त्र गर्ने मौका पाउछन् , त्यसैले विपक्षीले खेल्ने मौका नपाउन् भनेर नै एमालेले राष्ट्रपतिको उम्मेदवारका नाम अगाडि नसारेको हो ।

प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतमा आयोजित उद्घाटन सत्रलाई एमाले केन्द्रिय सदस्य अरविन्द सिंह , जिल्ला अध्यक्ष जय प्रकाश थारु , प्रेस चाौतारीका पर्सा अध्यक्ष श्याम बन्जारा लगायतले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

पर्सामा एक महिनामा जन्मसिद्ध नागरिकका २५ सय बढि सन्तानले लिए बंशजको नागरिकता

MadhesKhabar

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

MadhesKhabar

जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment