Madhes Khabar
शिक्षा हेडलाइन

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

मधेसखबर
वीरगन्ज,०१ कर्तिक : पर्साको ठोरी गाउँपालिका वडा नंबर ३ मा पर्ने बिच जंगलमा रहेको सिकारीवासको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई अमेरिकामा बस्ने तिलक श्रेष्ठले जिन्सी सहयोग गरेका छन् ।

श्रेष्ठले विधार्थीको दिवा खाजाका लागि चाहिने भाँडावर्तन सहयोग गरेका हुन् ।एनआरएन. अमेरिकाका महासचिव समेत रहेका श्रेष्ठले ४० थान स्टिल प्लेट, ४० थान स्टिल गिलास र ४० थान स्टिल चम्चा विधालयलाई सहयोग स्वरुप प्रदान गरेका हुन् ।

श्रेष्ठले गरेको सहयोगको बारे बोल्दै विधालयका प्रधानाध्यापक नारायण श्रेष्ठले यस अघि विद्यालयले प्रदान गरिने दिवा खाजा बालबालिकाले कागजमा राखेर खाने गरेको बताउदै अब देखि भने कागजमा हालेर दिवा खाजा खानु पर्ने बाध्यता समाप्त भएको बताए ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार विक्रम संवत २०३६ सालमा स्थापना भएको विद्यालयमा हाल एक जना स्थायी दरबन्दी, एक जना राहत, दुई जना बाल शिक्षिका र एक जना परिचर कार्यरत छन् । एक मात्र दुई कोठे भवन रहेको विद्यालयमा कक्षा शिशु देखि कक्षा ५ सम्म ५० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी उनले दिए ।

Related posts

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

धाेबिनीका अध्यक्ष चाैहानले भ्रष्टाचार गरेकाे भन्दै गाँउपालिका कार्यालयमा तालाबन्दी

MadhesKhabar

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

MadhesKhabar

Leave a Comment