Madhes Khabar
शिक्षा

वीरगंज–२८ बगहीको एक सामुदायिक विधालयमा पंखा वितरण


मधेशखबर
१६ असाढ , २०७९
वीरगंज महानगर वडा नम्बर २८ को बगहीमा रहेको एक विधालयमा विहीबार पंखा वितरण गरीएको छ । उपकार सेवा नेपाल नामक एक सामाजिक संस्थाले वडा नम्बर २८ बगहीमा मा रहेको श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक सामुदायिक विधालयमा पंखा विरतण गरेको हो । लोसपाका वीरगंज महानगर अध्यक्ष एव् युवा नेता ओम प्रकाश सरार्फको पहलमा संस्थाकी अध्यक्ष विधा सरावगीले विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साह र प्राध्यानाध्यापक राजेश्वर पाण्डेलाई १० थान पंखा वितरण गरेकी हुन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययनमैत्री बनाईदिन भन्दै सरार्फले उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीलाई आग्रह गरेपछि पंखा उपलब्ध गराईएको सरार्फले जानकारी दिए । पंखा वितरण कार्यक्रममा संस्थाका पारस जैन, अंकुर शर्मा लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज पाराडाइज एजुकेसन फाउन्डेसनको कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिनले गरे उद्घाटन

MadhesKhabar

मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न माग

MadhesKhabar

विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन

MadhesKhabar

Leave a Comment