Madhes Khabar
शिक्षा

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं,७असाेज:राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेड वृद्धि) को नतिजा सार्वजनिक गरेको छ। बोर्डले साेमबार बेलुकी नतिजा सार्वजनिक गरेको हो।

नतिजाअनुसार सहभागीमध्ये ५६.७८ प्रतिशत अर्थात् एक लाख १९ हजार ४२५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुने विद्यार्थी संख्या ९० हजार ८८८ छ। यसमध्ये तीन हजार अनुपस्थित थिए। गत २३ देखि ३१ साउनसम्म भएको पूरक परीक्षामा दुई लाख १० हजार ३२१ जना परिक्षार्थी सहभागी थिए। बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अनुत्तीर्ण र फेल हुनेमध्ये गणित विषयमा धेरै रहेको बताए।

Related posts

शिक्षाबाहेकका विषय पढेकाहरुलेपनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

MadhesKhabar

मधेसका सरकारी विद्यालयमा विद्यार्थीकाे अनुपातमा शिक्षककाे लागि आन्दोलन गर्ने आजपाकाे घाेषणा

MadhesKhabar

ठाकुरराम क्याम्पसको आगजनी प्रकरण : पक्राउ परेका विधार्थी नेताहरु रिहा

MadhesKhabar

Leave a Comment