Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसको आगजनी प्रकरण : पक्राउ परेका विधार्थी नेताहरु रिहा

मधेसखबर
वीरगन्ज ,२६फागुनः स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका विधार्थी नेताहरु रिहा भएका छन् ।

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विवाद हुदा केहि विधार्थीले शुक्रबार दिउँसो क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगजनी गरेका थिए ।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेकपा एकिकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गीरी ,नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस ईन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका तीनै जना विधार्थी नेतालाई शुक्रबार नै साँझ रिहा गरेको हो । क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले क्याम्पसको आन्तरिक विवाद आफै सुल्झाउने भनेपछि तीनै जना विधार्थीलाई चौरसियाको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए ।

शुक्रबार दिउँसो क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख , निर्वाचन अधिकृत र विधार्थी संगठनका नेताहरु बिच मतदाता नामावलीका विषयमा उत्पन्न विवादका बारे छलफल भइरहेका बेला केहि विधार्थीहरुले विधार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आजगनी गरेका थिए । आजगजनीबाट शाखामा रहेका फर्निचरहरु जलेका छन् ।
आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगीत गरिएको छ ।
मतदाता नामावलीका विषयमा विधार्थी संगठनहरुले छानबिनका लागि राखेको मागलाई मध्यनजर गरि क्याम्पसका प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले बताए । उक्त समितिमा प्राध्यापक संघ , कर्मचारी संघ , लेखा शाखाका कर्मचारी , विधार्थी संघसंगठनका प्रतिनिधी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीलाई समेत सदस्यका रुपमा राखिएको छ ।

निर्वाचन अधिकृत लामिछानेका अनुसार , उक्त समितिले ३ दिन भित्र (फागुन२९ गते भित्र) फागुन २१ मा प्रकाशीत मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशीत गरि पुन अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले जानकारी दिए । उनले त्रिभुवन विश्व विद्यालयले निर्धारण गरेको चैत ५ मा हुने मतदान भने प्रभावित नहुने गरि आफुहरु अगाडि बढ्ने पनि प्रष्ट पारे ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २३२ जना विधार्थीको नाम समावेश थियो । तर विधार्थी संघसंगठनहरुले उक्त नामावलीमा करिब ८ सय फर्जि विधार्थीको नाम समावेश गरिएको भन्दै शुक्रबार विवाद गरेका थिए । क्याम्पस प्रमुख , निर्वाचन अधिकृत र विधार्थी कल्याण शाखाका प्रमुखले आफु निकटका विधार्थी संगठनलाई जिताउने नियतले ८ सय फर्जि विधार्थीको नाम मतदाता नामावलीमा समावेश गरेको नेविसंघका क्याम्पस इकाई समिति सभापति मनोज कुमार साहले आरोप लगाए ।

Related posts

काँग्रेसका जनार्दन सिंह क्षेत्री फराकिलो भारी मतान्तरले विजयी

MadhesKhabar

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

वीरगन्जको एक सरकारी विद्यालय : जहाँ १० शिक्षकले पढाउँछन् ४० विद्यार्थी

MadhesKhabar

Leave a Comment