Madhes Khabar
कर्पोरेट हेडलाइन

वीरगन्जका दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

वीरगन्ज,२५भदाैं: राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगन्जका करिब एक दर्जन व्यपारिक फर्महरुमा छापा मारेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसल र व्यपनरिक फर्ममा छापा मारेको हो ।त्यस क्रममा टोलीले ती फर्महरुबाट खाता, कम्प्युटरको हार्डडिस्क लगायतका फाइल र सामानहरु लिएर गएको छ ।

हार्डवेयर एसोसिएसन वीरगन्जका सचिव अनिल सर्राफका अनुसार विभागकाे टाेलीले विभिन्न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो ।

अनुगमन टोलीले वीरगन्जको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपास रोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो । विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए ।

उनका अनुसार वीरगन्जका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको हो । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आर्थिक मन्दीले मारमा परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा राजस्वले दु:ख दिन थालेको प्रतिक्रिया दिए ।साभार: बिजमान्डु डटकमबाट

Related posts

सुकुम्बासीलाई निस्सा बाँड्दै अध्यक्ष यादवले भने :आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो

MadhesKhabar

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

MadhesKhabar

चैती छठ : अस्ताउँदाे सुर्य र छठी मातालाई ब्रतालुले दिए अर्घ (फाेटाे फिचर)

MadhesKhabar

Leave a Comment