Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

चैती छठ : अस्ताउँदाे सुर्य र छठी मातालाई ब्रतालुले दिए अर्घ (फाेटाे फिचर)

वीरगन्ज,२बैशाख : लाेक आस्श्रथा र सूर्य उपासनाकाे पर्ब चैती छठ पर्बको मुख्य दिन आइतबार साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका छन् ।

चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्बकाे दाेश्रो दिन आइतबार अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन आइतबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिएका हुन् ।

वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा आइतबार साँझ सुर्य भगवान र छठीमातालाइ अर्घ दिन ब्रतालुहरु पुगेका थि।

सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन साेमबार बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।

यसअघि शनिबार देखि निर्जला ब्रत लिएका ब्रतालुहरुले शनिबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब गत शुक्रबार देखि विधीवत रुपमा सुरु भएको हो । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।चैती छठको पहिलो दिन शुक्रबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्ब कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्बमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

वर्षमा दुइ पटक (कात्तिक र चैत ) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैती छठ , पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

Related posts

विश्वकर्मा पूजा आज वीरगन्जमा पनि हर्षाेल्लाशका साथ मनाइदै

MadhesKhabar

बाराको गञ्जभवानीपुरमा रहेको सहकारी संस्थाले लाखौं ठग्यो

MadhesKhabar

फेसबुकमा भाइरल बाराका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत पाए न्याय

MadhesKhabar

Leave a Comment