Madhes Khabar
राजनीति हेडलाइन

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

फाइल फोटो

मधेसखबर
वीरगन्ज, १५ असोज : जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।यसका साथै जसपाले अरु राजनीतिक दलहरुसँग पनि चुनावी तालमेलका लागि ढोका खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७÷१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरु प्रदेशमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, जसपाका प्रवक्ता मनिष सुमनले भने ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’ यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् ।साभार : अनलाइनखबर

Related posts

व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

MadhesKhabar

वीरगन्जमा आयाेजित साेनार प्रिमियर लिगकाे उपाधि महावीर युवा अभियानलाई

MadhesKhabar

रवि लामिछानेको पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने

MadhesKhabar

Leave a Comment