Madhes Khabar
राजनीति हेडलाइन

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

फाइल फोटो

मधेसखबर
वीरगन्ज, १५ असोज : जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।यसका साथै जसपाले अरु राजनीतिक दलहरुसँग पनि चुनावी तालमेलका लागि ढोका खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७÷१८ सिट जसपाले पाउने देखिएको छ भने प्रदेशमा मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरु प्रदेशमा एकाध सिट मात्र पाउने सम्भावना छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो । ‘हाम्रो पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै हो । तर सिट बाँडफाँट सबैको सम्मान हुने र सबैलाई जिताउने गरी हुनुपर्छ’, जसपाका प्रवक्ता मनिष सुमनले भने ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिने छ ।’ यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् ।साभार : अनलाइनखबर

Related posts

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन : नेविसंघलाई जिताउन एकजुट भएर लागे विद्यार्थी नेताहरु

MadhesKhabar

बिन्दवासिनी मन्दिरको सौन्दर्यकरणको काम तत्काल सुरु गर्न वीरगन्जका मेयर सिंहको निर्देशन

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

Leave a Comment