Madhes Khabar
शिक्षा

मधेसका सरकारी विद्यालयमा विद्यार्थीकाे अनुपातमा शिक्षककाे लागि आन्दोलन गर्ने आजपाकाे घाेषणा

वीरगन्ज,२३भदाैं:आम जनता पार्टी (आजपा) ले मधेसका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याकाे अनुपातमा शिक्षककाे व्यवस्थापन गर्न माग गर्दै आन्दोलन गर्ने भएकाे छ।

वीरगन्जमा बसेकाे आजपाकाेमधेस प्रदेश कमिटीको बैठकले मधेस प्रदेशमा गुणस्तरीय शिक्षाको मागलाई अघि सार्दै विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको दरबन्दी सुनिश्चित गर्न संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको हाे।

बैठकले मधेस प्रदेशका प्रमुख सहरहरू तथा सबै जिल्लाहरूमा आगामी असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णयसमेत गरेको छ। पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णयहरू प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यान्वयन गर्ने योजनासमेत तयार भएको आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए।

बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलतन्त्रको विरुद्धमा तेस्रो जनआन्दोलन गर्ने घोषणा गरे।उनले आम जनताको शासनसत्तामा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संगठन निर्माण, पुनर्गठन, र आन्दोलनका कार्यक्रमहरूलाई चरणबद्ध रूपमा अघि बढाउन निर्देशन दिए।

आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न बैठकमा बरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिवद्वय चन्द्रभूषण साह र सियाराम कुशवाहा, सचिवद्वय बाबुराम कौशिक रश्रीचन्द्र मुखिया लगायतकोपनि सहभागीता रहेको थियो।

Related posts

पर्साको बिन्दवासिनी गाँउपालिकाका विधालयहरु १ महिनाका लागि बन्द

MadhesKhabar

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वीरगन्ज महानगर निरन्तर लागिरहेको छ : मेयर सिंह

MadhesKhabar

विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन

MadhesKhabar

Leave a Comment