Madhes Khabar
शिक्षा

पर्साको बिन्दवासिनी गाँउपालिकाका विधालयहरु १ महिनाका लागि बन्द

माधुरी महत्तो
वीरगन्ज,३१असार : पर्साको बिन्दवासिनी गाँउपालिकाका विधालयहरु एक महिनाका लागि बन्द गरिएको छ ।

अत्याधिक गर्मीका कारण कक्षाकोठामा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएपछि पालिकामा रहेका सबै सामुदायिक र धार्मिक विधालयहरु साउन १ देखि साउन ३० गते सम्मका लागि बन्द गरिएकोे हो ।

एक शैक्षिक सत्रमा हिउँदे विदा र वर्षे विदा गरि ४५ दिन विधालयमा पठनपाठन बन्द रहने व्यवस्था भए बमोजिम पालिकाका विधालयहरु १ महिनाका लागि बन्द गर्ने निर्णय गरिएको बिन्दवासिनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

विधालय बन्द रहेपनि सबै विधालयका प्रधानाध्यापकहरुलाइ पालिका कार्यालयको सम्पर्कमा रहन पालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले शुक्रबार जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Related posts

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

MadhesKhabar

वीरगन्जका नीजी विधालयको मनोमानी विरुद्ध अभिभावकहरु आन्दोेलित

MadhesKhabar

सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

MadhesKhabar

Leave a Comment