Madhes Khabar
शिक्षा

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

फाइल तस्बिर ।

काठमाडौं,२२साउनः नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

सरकारसंग यसअघि भएको सहमति अनुसार निर्धारित मितिमा विद्यालय शिक्षा ऐन जारी नगरिएका कारणले महासंघ फेरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको उनले बताए। अध्यक्ष सुवेदीले तोकिएको मितिभित्र ऐन नआएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको बताए।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भदौं ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाइएको अध्यक्ष सुवेदीले बताए ।

शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने बताए ।

यसअघि शिक्षक महासंघले देशभरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई काठमाडौंमा बोलाएर गत २० चैतदेखि २९ दिने लामो शैक्षिक हड्तालसहितको आन्दोलन गरेको थियो ।

Related posts

भाैराटारकाे विद्यालयमा १०+२ कक्षा सञ्चालनका लागि आर्थिक सहयाेग गर्ने वडाअध्यक्षहरुकाे घाेषणा

MadhesKhabar

कालिकामाई गाँउपालिकाका अध्यक्ष गुप्ताद्वारा सरकारी विद्यालयका १४० शिक्षक–शिक्षिका सम्मानित

MadhesKhabar

कक्षा १२ को नतिजा सार्वजनिक

MadhesKhabar

Leave a Comment