Madhes Khabar
शिक्षा

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

फाइल तस्बिर ।

काठमाडौं,२२साउनः नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

सरकारसंग यसअघि भएको सहमति अनुसार निर्धारित मितिमा विद्यालय शिक्षा ऐन जारी नगरिएका कारणले महासंघ फेरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको उनले बताए। अध्यक्ष सुवेदीले तोकिएको मितिभित्र ऐन नआएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको बताए।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भदौं ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाइएको अध्यक्ष सुवेदीले बताए ।

शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने बताए ।

यसअघि शिक्षक महासंघले देशभरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई काठमाडौंमा बोलाएर गत २० चैतदेखि २९ दिने लामो शैक्षिक हड्तालसहितको आन्दोलन गरेको थियो ।

Related posts

गर्मीले बालबालिकालाई समस्या परेपछि बिहानी कक्षा सञ्चालन गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो,कारबाही गर्न अभिभावकको माग

MadhesKhabar

पर्साको पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन :मोबाइल जफत गर्न निर्देशन

MadhesKhabar

Leave a Comment