वीरगन्ज,१९बैशाखः गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले मंगलबार एक सूचना जारी गर्दै बिहीबारदेखि बिहानी कक्षा सञ्चालन गर्न सामुदायिक र निजी विद्यालयहरुलाई निर्देशन दिएको हो ।
केहि साता यता वीरगन्ज र यसआसपासका क्षेत्रमा प्रचण्ड गर्मीसँगै दिउँसोको समयमा तातो हावा समेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले त्यसैलाई मध्यनजर गर्दै बिहानी कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।
महानगरको नगर शिक्षा समितिको सोमबार बसेको बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन विद्यालयहरुलाई कर्णले आग्रह गरिएको कर्णले जानकारी दिए ।


