Madhes Khabar
शिक्षा

पर्साको पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन :मोबाइल जफत गर्न निर्देशन

वीरगन्ज,२७ कात्तिकःपर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ स्थित राम चरित्र भगत माध्यमिक विद्यालयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय प्रसाद चौहानले बिहीबार आकस्मिक (छड्के) अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले विद्यालय सुधारका लागि विद्यार्थी तथा शिक्षक दुवैले अनुशासनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।अनुशासन उल्लंघन गर्ने विद्यार्थीमाथि आवश्यक कारवाही गर्न विद्यालयका प्रधानाध्यापक मनोज यादवलाई निर्देशन समेत उनले दिए।

अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीहरूले मोबाइल फोन ल्याउने र त्यसको दुरुपयोग गर्ने गुनासो प्राप्त भएपछि, विद्यालय परिसरभित्र मोबाइल ल्याएको फेला परे जफत गरिने चेतावनी प्रधानाध्यापक यादवले विद्यार्थीहरूलाई दिए।

शिक्षा शाखा प्रमुख चौहानले विद्यालयको पठन–पाठन सुधार, उपस्थितिमा कडाइ र शिक्षण गुणस्तर उन्नयनका लागि निरन्तर अनुगमन गरिने बताए।

Related posts

पर्साको एक विधालयको बेथिती : श्रीमान् मलेशीयामा , श्रीमति फर्जि हस्ताक्षर गरेर तलब खादै

MadhesKhabar

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

MadhesKhabar

Leave a Comment