माधुरी महत्तोे

वीरगन्ज,११असार : वीरगन्जमा रहेका नीजी विधालयहरुले विधार्थीहरुसंग आफुखुशी विभिन्न शीर्षकमा अनावश्यक शुल्क असुल्दै आएको विरोधमा अभिभावकहरुले आन्दोलनको तयाारी थालेका छन् ।
वीरगन्जको ओम पार्टी प्यालेशमा शनिबार भेला भएका नीजी विधालयका विधार्थीहरुका अभिभावकहरुले आन्दोलनको तयारी थालेका हुन् । त्यसका लागि उनिहरुले संघर्ष समिति नै गठन गरेका छन । अभिभावकहरुको भेलाले सन्दिप कुमार साहको संयाोजकत्वमा अभिभावक संघर्ष समिति गठन गरेका हुन् ।३५ सदस्यिय समितिको सहसंयोजकमा लक्ष्मण प्रसाद साह , सचिवमा धर्मेनद्र पासवान , सहसचिवमा सरोज यादव र कोषाध्यक्षमा बिरेश कुमार जयसवार रहेका छन् ।

वीरगन्जमा रहेका निजि विद्यालयहरुले हरेक वर्ष नयाँ शैक्षिक सत्रमा नयाँ प्रकाशनको पाठ्यपुस्तक पाठ्यक्रममा लगाएर पुस्तक प्रकाशक कम्पनिहरुरुसँग कमिसन उठाउने गरेको , पोशाक र अन्य सामग्रीको नाममा आफैखुशी शुल्क असुल्ने, यातायात, खेलकुद, अन्य गतिविधि र वार्षिक शूल्क लगायतका अनावश्यक शिर्षकमा मनोमानी रकम उठाउने गरेको आरोप अभिभावकहरुको छ ।
अनावश्यक शीर्षकमा आफु खुशी शुल्क असुल्ने र कमीशनका लागि नयाँ प्रकाशनको पुस्तक पाठ्यक्रममा लागु गर्ने नीजि विधालयहरुको बेथिती विरुद्ध संघर्ष समितिले आन्दोलन थाल्ने निर्णय गरिएको संयोजक साहले जानकारी दिए ।
पहिलो चरणमा यहि असार १३ गते वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, शिक्षा समन्वय इकाइ पर्सा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय भएको साहले बताए । यस्तै वीरगन्ज महानगरलाई निजि विद्यालयको वर्गीकरण गरेर त्यही अनुसार शूल्क तोक्न अनुरोध गर्ने लगायतका कार्यक्रम रहेको साहले बताए ।
त्यति गर्दा पनि आफुहरुको मागको सम्बोधन नगरिए नीजि विद्यालयहरु ीवरुद्ध अझ कडा आन्दोलनमा जाने चेतावनी पनि उनले दिए ।

