Madhes Khabar
शिक्षा

रौतहटमा मेयरको सट्टामा एसईई परिक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

सांकेतिक फोटो

रौतहट,१९चैत : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नंबर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् । साभार : अनलाइनखबर

Related posts

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगन्ज महानरगरले गर्यो सिलबन्दी

MadhesKhabar

वीरगन्ज महानगरकै विद्यालयमा फर्जि प्रकृयाबाट शिक्षकहरु नियुक्त गरेको खुलाशा

MadhesKhabar

प्याब्सन पर्साको अध्यक्षमा चौधरी निर्वाचित

MadhesKhabar

Leave a Comment