Madhes Khabar
शिक्षा हेडलाइन

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगन्ज महानरगरले गर्यो सिलबन्दी

वीरगन्ज,१९ भदौं : वीरगन्ज महानगरपालिकाले मंगलबारपनि अनुमति बेगर सञ्चालित दुई वटा कलेजमा सिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिले गत बुधबारदेखि अनुमति बेगर सञ्चालित कलेजहरुमा पुगेर सिलबन्दी गर्न थालेकोमा मंगलबारपनि दुई वटा कलेजमा सिलबन्दी गरेको हो ।

नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वममा मंगलबार खटिएको टोलीले वीरगन्ज– ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि सोमबारपनि उक्त टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।भदौ १३ गते पनि वीरगन्ज महानगरकै टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएका मध्ये मंगलबारसम्म ७ वटा कलेजमा सिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।

Related posts

वीरगन्जको अदालतमा भयाे अचम्मको घटना :न्यायाधीशकाे टेबलमा सिन्दुर र मुकुट राखेर महिला भइन् फरार

MadhesKhabar

वीरगन्जमा सानो पाइलाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न , श्रेया श्रेष्ठ प्रथम

MadhesKhabar

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

MadhesKhabar

Leave a Comment