Madhes Khabar
स्थानिय हेडलाइन

चिसो झन् बढेपछि वीरगन्ज महानगरका विद्यालयहरु थप ३ दिनका लागि बन्द

वीरगन्ज,०१माघ :चिसो घट्नुको सट्टा झन बढ्दै गएपछि वीरगन्ज महानगरपालिका विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ ।

तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।

चिसो बढेपछि विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएपछि वीरगन्ज महानगरपालिकाले यसअघि पुष २३ देखि पुष २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेको थियो ।

सोमबार माघ १ गते सार्वजनिक विदापछि माघ २ गतेदेखि पठनपाठन सुचारु हुनेभनिएपनि चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेपछि महानगरपालिकाले माघ २ गते मंगलबारदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको महानगरको शिक्षा नियमन समितिका संयोजक इश्वरचन्द्र यादवले जानकारी दिए।

माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको र माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरु माघ ७ गतेदेखिमात्रै नियमित रुपमा सञ्चालनमा आउने यादवले बताए ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

अहिलेको सरकार सफल छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

बारामा आमा–छोराको हत्या प्रकरण : मृतक युवकका पत्नि र उनका प्रेमी पक्राउ

MadhesKhabar

Leave a Comment