Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

वीरगन्ज,८कात्तिकःपर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले वीरगन्जको छठघाटमा ब्रतालु र भक्तजनहरुको सुरक्षामा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।छठ पूजाका लागि देशभरमै प्रसिद्धी कमाएको वीरगन्ज–१० स्थित घडीअर्वा पोखरी छठघाटमा छठ पूजा र दर्शनका लागि १ लाख ५० हजार बढी भक्तजनहरु पुग्ने गरेका छन् ।

शनिबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुखहरुसंग आायोजना गरेको बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठघाटको सुरक्षाको रणनीति तय गर्ने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गर्ने बताए।घडिअर्वा छठघाटमा लाखौं भक्तजनहरुको आगमन हुने भएकाले भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखीम टार्न लगायतका सुरक्षाको चुनौती रहने भएकाले यसप्रति प्रहरी प्रशासन गम्भीर रहेको उनले बताए ।छठघाटमा सुरक्षामा कुनै कसर बाँकी नराख्नेपनि उनले दोहो¥याए ।

घडिअर्वा छठघाटमा हुने छठ पूजा वीरगन्जकै पहिचान र प्रतिष्ठाको विषयपनि भएकाले यसमा आँफुहरु गम्भीरताका साथ लाग्ने उनले बताए ।बैठकमा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आयोजक समितिका स्वंयसेवकसंग मिलेर नेपाल प्रहरीले छठघाटको सुरक्षामा काम गर्ने बताए । छठघाटमा नेपाल प्रहरीका तर्फबाट आवश्यक सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।छठघाट परिसरमै सीसीटीभी कन्ट्रोल रुम स्थापना गरिने र त्यहाँ एक प्रहरी अधिकृतको कमाण्डमा छुुट्टै प्रहरी टोली राखनिे उनले बताए ।

यस्तै पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पनि घठघाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने बताए ।पोखरीको जलाशय ठूलो भएका कारण मोटरेबल बोटसहितको टोलीपनि खटाइने जानकारी दिदैं उनले सशस्त्र प्रहरी बलका महिला सुरक्षाकर्मीपनि परिचालन गरिने बताए ।

बैठकमा घडिअर्वा छठपूजा व्यवस्थापन समितिको सुरक्षा उपसमितिका मुना साहले छठघाट परिसर भित्र र बाहिर गरी २० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको बताए । यसका साथै घडिअर्वा स्पोट्र्स क्लबका ६० जना स्वंयसेवकपनि परिचालन गरिने जानकारी उनले गराए ।

घडीअर्वा छठघाटमा पूजा र दर्शनका लागि आउनेहरुको सुरक्षा प्रबन्धलाई विगतको भन्दा अझ प्रभावकारी बनाउने प्रयास आँफुहरुले गरिरहेको घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताए ।बैठकमा घडिअर्वा स्पोट्र्स क्लबका प्रभाकर गुप्ताले सम्भावित दुर्घटनालाइ मध्यनजर गरि छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविरपनि राखिने बताए ।

घडिअर्वा छठु पूजा व्यवस्थापन समितिका अध्यक्ष साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति ,राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष रामनगीना साह कानु,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक बिक्रम सुबेदी , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका उपाध्यक्ष आत्माराम साह ु, पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु, मदन प्रसाद गुप्ता, बाल्मिकी साह , प्रेम साह कानु ,हरिा साह कानु , घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष पूर्वसचिव सन्तोष गुप्ता लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Related posts

जग्गाधनीले मुआब्जा नबुझेका कारण बनेन मटिअर्वा–कलैयाؘ–मानमत सडक

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

MadhesKhabar

Leave a Comment