Madhes Khabar
शिक्षा

वीरगन्ज महानगरकै विद्यालयमा फर्जि प्रकृयाबाट शिक्षकहरु नियुक्त गरेको खुलाशा

मधेसखबर
वीरगन्ज,०८असार : वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगरमा रहेको महानगरपालिका आधारभुत विद्यालयका प्रधानाध्यापक उमेश ठाकुरले आर्थिक लाभ लिएर फर्जि प्रकृया मार्फत शिक्षकहरु नियुक्ती गरेको रहस्य खुलाशा भएको छ ।
ठाकुरले नियुक्त गरेका शिक्षक शिक्षिकाहरुले एक वर्ष देखि तलब सुविधा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि यो रहस्य खुलाशा भएको हो ।
ठाकुरराम बहुमुखी क्याम्पससंगै जोडिएर रहेको वीरगन्ज महानगरपालिका मातहतको आधारभुत विद्यालयका प्रावि तहका ६ जना शिक्षक र बालविकास केन्द्रका ३ जना शिक्षिकाहरुले तलब सुविधा नपाएको भन्दै उजुरी दिएपछि जिल्ला प्रशाासन कार्यालय पर्साले आरोपित प्रअ ठाकुरलाइ हाजीर गराउन प्रहरीलाइ निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले यहि असार १ गते जिल्ला प्रहरी कार्यालय पर्सालाइ पज्ञ लेखेर पप्रअ ठाकुरलाइ हाजीर गराउन निर्देशन दिएको हो । त्यसअघि गत फागुन २३ गते पनि जिल्ला प्रशाासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको शिक्षा महाशााखालाइ पत्र लेखेर प्रअ ठाकृुरले नियुक्त गरेका शिक्षक शिक्षिकाहरु सम्बन्धित कागजातहरु पेश गर्न निर्देशन दिएको थियो ।

श्रोतका अनुसार , प्रअ ठाकुरले आर्थिक लाभ लिएर प्रावि तहका ६ जना शिक्षक र बालविकास केन्द्रका ३ जना शिक्षिकाको नियुक्ती फर्जि प्रकृया मार्फत गरेका थिए । त्यही कारण ती ९ जना शिक्षक शिक्षिकाको तलबभत्ता महानगरपालिकाको शिक्षा महाशाखाले निकासा नगरेपछि पिडित शिक्षक शिक्षिकाहरुले कानूनी उपचार खोज्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए ।
उजुरीपत्रमा उनिहरुले आफुहरुको अहिलेसम्मको तलब करिब १८ लाख भन्दा बढी रहेको उल्लेख गरेका छन् ।
यस बारेमा वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णसंग जानकारी लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले असार १ गते आएको पत्र अनुसार प्रअ ठाकुरलाइ जिल्ला प्रशासन कार्यालयमा हाजीर हुन जानकारी गराइ सकेको बताए । तर उनि हाजीर भए नभएका बारे भने जानकारी नभएको खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले भने प्रअ ठाकुरलाइ हाजीर गराउन प्रहरी मार्फत पत्र काटेपनि उनि अहिले सम्म कार्यालयमा हाजीर नभएको बताए ।

Related posts

नेपाल कमर्स एशोसिएसनकाे अध्यक्षमा वीरगन्जका डा. दिपेन्द्र चाैधरी

MadhesKhabar

पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा

MadhesKhabar

एसईईमा पर्साबाट १० हजार २५३ जना परीक्षार्थी सहभागी हुदैं

MadhesKhabar

Leave a Comment