Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे गाँउघरमा काम गर्ने महिला श्रमिकले ज्यालामा विभेद भएपछि स्थानीय सरकारलाई गुहारे

वीरगन्ज,१९बैशाख:पर्साकाे ग्रामीण भेगमा दैनिक ज्यालादारीमा काम गर्दै आएका महिला श्रमिकहरुले उचित ज्यालाकाे व्यवस्था गरिदिन स्थानीय सरकारसंग माग गरेका छन्।
पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै अनाैपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरुले उचित ज्यालाकाे व्यवस्था गरिदिनका लागि स्थानीय सरकारलाई गुहारेका हुन्।
महिला श्रमिकहरुले स्थानीय स्तरमा कार्यविधि बनाएर श्रमिकहरुकाे हक अधिकार सुनिश्चित गर्न माग गरेका छन्।अनाैपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु ज्यालामा ठगिएकाे,पुरुष सरह नै काम गरेपनि महिला श्रमिकलाई ज्यालामा विभेद गरिएको ,महिला श्रमिकले कृषि कर्म गर्दा ज्यालामा ४/५ किलाे मात्र धान पाउने गरेको महिला श्रमिकहरुकाे गुनासाे छ।
यस्तै कार्य क्षेत्रमा महिला श्रमिकले असुरक्षित भएर काम गर्नु परेकोपनि उनिहरुले बताएका छन्।
यी सबै समस्याकाे समाधान गर्नु पर्ने माग गर्दै उनिहरुले महिला श्रमिककाे दुर्घटना र स्वास्थ्य बीमाकाे व्यवस्था गराउनु पर्ने माग पनि गरेका छन्।
ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष गैरेले अनाैपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरुले आफ्नाे अधिकार खाेजेकाेमा खुशी व्यक्त गर्दै उचित र पुरुष सरह समान ज्याला लागू गराउन आफ्नाे तर्फबाट प्रयास गर्ने बताए ।उनले भने,`गाँउघरमा खेतबारीमा काम गर्ने महिला श्रमिकले दैनिक ।ज्याला ४/५ किलाे धान वा २५० रुपैयाँ मात्रै पाउँछन्।जबकि त्यहि काम गर्ने पुरुष श्रमिकले द‌निक ज्याला ५०० रुपैयाँ लिन्छन्।´
आफ्नो वडामा याे विभेद हटाउनका लागि आँफु गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता वडाध्यक्ष गैरेले जनाए ।

Related posts

पटेर्वा सुगाैलीकाे चापी टाेलमा हात्तीकाे उपद्राेले स्थानीयबासी आतंकित

MadhesKhabar

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

Leave a Comment