प्रमाेद यादव
पर्सा,१२माघ:पर्साकाे पटेर्वा सुगौली गाँउपालिकामा जंगली हात्तीले फेरि उपद्राे मच्चाएकाे छ।शुक्रबार बिहान मानवबस्तीमा छिरेकाे जंगली हात्तीले पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ चापी टाेलमा उपद्राे मच्चाएकाे हाे।
शुक्रबार बिहान साढे १ बजेतिर हात्तीले स्थानीय दल बहादुर रानाकाे घर र बारीमा क्षति गरेकाे छ।हात्तीले रानाकाे जस्ताले छाएकाे घर र धानकाे भखारीमा क्षति पुर्याउनुका साथै आलुबारीपनि माडेर नष्ट पारेकाे प्रहरी चाैकी रंगपुर टाँडीले जनाएको छ।
यसअघि बुधबार रातिपनि पटेर्वा सुगाैली गाँउपालिकाकै भाथा टाेलमा हात्तीले स्थानीयकाे घर भत्काएर रातभर उपद्राे मच्चाएको थियाे।

