Madhes Khabar
समाज हेडलाइन

महुवनका दलित महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन

मधेसखबर: पर्साकाे सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनकाे दलितवस्तीमा महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा पिस फोर दलित फाउन्डेसन पर्साले महुवन गाउँको दलित बस्तिमा दलितहरुको लागि सीपमुलक तालिम अन्तर्गत दलित महिलाहरुको लागि अगरबत्ती बनाउने ७ दिने तालिम बुधबार देखि सन्चालन गरेकाे हो।

बुधबार देखि शुरु तालिमकाे सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरे ।दलित अगुवा अशोक रामकाे अध्यक्षता तथा गाँउपालिका अध्यक्ष यशवन्त यादवको प्रमुख आतिथ्यतामा आयाेजित उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अशेसर प्रसाद यादव, गाँउपालिकाका प्रशासन प्रमुख अरविन्द ठाकुर, दलित महिला सदस्य निरुदेवी पासवान , वडासदस्य अछेलाल प्रसाद तेली, महन्थ कुशवाहा, फाउन्डेसनका सदस्य सुरेन्द्र पासवान लगायतकाे पनि उपस्थिति रहेकोे थियोे ।

Related posts

वीरगन्जको मानव सेवा आश्रम आँफुले सक्दो सहयोग गर्ने पूर्वमन्त्री रिजालको प्रतिबद्धता

MadhesKhabar

बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत र पाेखरियाका जिन्सी शाखा प्रमुख पक्राउ 

MadhesKhabar

मधेसका महिला जनप्रतिनिधीको गुनासो : पुरुष जनप्रतिनिधीले हामीलाई ल्याप्चे लगाउने मात्र ठान्छन्

MadhesKhabar

Leave a Comment