Madhes Khabar
समाज हेडलाइन

महुवनका दलित महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन

मधेसखबर: पर्साकाे सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनकाे दलितवस्तीमा महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा पिस फोर दलित फाउन्डेसन पर्साले महुवन गाउँको दलित बस्तिमा दलितहरुको लागि सीपमुलक तालिम अन्तर्गत दलित महिलाहरुको लागि अगरबत्ती बनाउने ७ दिने तालिम बुधबार देखि सन्चालन गरेकाे हो।

बुधबार देखि शुरु तालिमकाे सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरे ।दलित अगुवा अशोक रामकाे अध्यक्षता तथा गाँउपालिका अध्यक्ष यशवन्त यादवको प्रमुख आतिथ्यतामा आयाेजित उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अशेसर प्रसाद यादव, गाँउपालिकाका प्रशासन प्रमुख अरविन्द ठाकुर, दलित महिला सदस्य निरुदेवी पासवान , वडासदस्य अछेलाल प्रसाद तेली, महन्थ कुशवाहा, फाउन्डेसनका सदस्य सुरेन्द्र पासवान लगायतकाे पनि उपस्थिति रहेकोे थियोे ।

Related posts

सिर्सिया नदीको निरीक्षणपछि मुख्यमन्त्री सिंहले भने : नदीलाई सफा, स्वच्छ र हराभर बनाउन जरुरी छ

MadhesKhabar

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

MadhesKhabar

Leave a Comment