वीरगन्ज,१५पुसःपर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी हाल १८ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार नेपाललले हरेक महिना झै पुस महिनाका लागि पनि सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष विद्या सरावगीले चामल ३० केजी, दाल ७ केजी, खानेतेल, स्वाबिन, कपडा धुने र नुहाउने साबुन,सर्फ,डाइपर, धनिया , खुर्सानी लगायतका सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
उक्त बृद्धा आश्रमममा उपकार सेवा नेपालले हरेक महिना खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री सहयोग गर्दै आइरहेको थारुले बताए ।

