वीरगन्ज,१३माघः७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा आइतबार वीरगन्ज भन्सार कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
वीरगन्जको अलौंस्थित भन्सार कार्यालयको आइसिपी परिसरमा आयोजित कार्यक्रममा ४ महिलासहित ४० जनाले रक्तदान गरेका हुन् ।रक्तदान गर्नेहरुमा रोज तिवारी,राम प्रसाद पाठक,हृदयनारायण साह,लेखनाथ पौडेल,रोशन कुमार चौरसिया, धिरज कुमार पटेल,राजेश कुमार कुश्वाहा,शिव कुश्वाहा,पारस महतो लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।
पर्साका प्रमुख गणेश अर्यालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने,प्रमुख भंसार अधिकृत राम प्रसाद पाठक,राजेन्द्र ढुंगाना,हृदय नारायण साह,सुनिता पौडेल लगायतकाकोपनि उपस्थिति रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए।

