वीरगन्ज,१५ असारः वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित नेपाल प्रौढ संघ (बृद्धा आश्रम)को परिसरमा शनिबार वृक्षा रोपण गरिएको छ ।
नेपाल प्रौढ संघ पर्साको समन्वयमा शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले वृद्धा आश्रमको प्रांगणमा अशोक प्रजातिको २० वटा विरुवा रोपेकोे हो । रोपिएका विरुवाहरुको जगेर्नाका लागि तारजालीको बारपनि लगाइएको प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले जानकारी दिए ।वृक्षारोपण कार्यक्रमपछि सहभागीहरुले दही ,च्युरा र आँप खाएर असार १५ मनाएका थिए ।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वीरगन्ज–१६ का वडाध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्यतामा भएको वृक्षा रोपण कार्यक्रममा नारायणी अस्पतालका पूर्व मेसु डाक्टर वीरेन्द्र प्रधान, सञ्चारकर्मीहरु लालबाबु सिंह, मनोज मिश्रा लगायतकोपनि सहभागीता थियो ।

