Madhes Khabar
समाज

वीरगन्जमा ५० जना सशस्त्र प्रहरीले गरे रगत दान

वीरगन्ज,७माघः सशस्त्र प्रहरी बल स्थापना दिवसको अवसरमा वीरगन्जमा ५० जना सशस्त्र प्रहरीले रगत दान गरेका छन् । सशस्त्र प्रहरी स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रम गरेर बनाइरहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेड क्वाटर पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका हुन् ।

वीरगन्जको श्रीपुरस्थित सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साकै परिसरमा आयोजित रक्तदान कार्यक्रममा जवानदेखि अधिकृत सम्म विभिन्न दर्जाका ५० जना सशस्त्र प्रहरीले रगत दान गरेको सशस्त्र प्रहरी उपरक्षिक किशन कर्मचार्यले जानकारी दिए ।

रत्तःदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको रक्त सञ्चार केन्द्रका प्राविधीकहरुले प्राविधकि सहयोग गरेको केन्द्रका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

Related posts

रुङ्गटा वेलफेयर साेसाइटीकाे वार्षिकाेत्सवमा पर्सा र बाराका विद्यालयहरुलाई पंखा, ब्याग र कापी सहयाेग

MadhesKhabar

कलैया अस्पतालमा तरुण दलद्वारा बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

जिपि कोइराला फाउण्डेशनले नारायणी अस्पतालमा फलफूल बाड्यो

MadhesKhabar

Leave a Comment