Madhes Khabar
समाज

यादव जातिमा रहेका सामाजिक कुरीति हटाउनुपर्छ : गाँउपालिका अध्यक्ष यादव

प्रमाेद यादव
वीरगन्ज,१मंसिर:पर्साकाे जगरनाथपुर गाँउपालिकाका यादव जातिमा रहेका सामाजिक कुरुती हटाउन यादव जातिका अगुवा एकजुट भएर लाग्नुपर्ने बताएका छन्।शनिबार पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ६मा यादव जातिको वर्गीय उत्थान,समृद्धि समाज बनाउने हाम्रो अभियान भन्ने नाराका साथ आयाेजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन्।

उनले यादव जातिको वर्गीय उत्थानका लागि थालिएको उक्त अभियानलाई सफल बनाउन आफ्नाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता पनि जनाए ।

अध्यक्ष यादवले आ-आफ्ना सन्तानलाई नियमित रुपमा विद्यालयमा पठाउन तथा उच्च शिक्षा हासिल गरे यादव जातिले सबै क्षेत्रमा उपस्थिति जनाउन सक्ने बताए ।

समाजसेवी कृष्णमोहन यादवले यादव जातिमा विगतको भन्दा अहिले उल्लेखनीय रुपमा सचेतना आएकाे बताए ।देशका उच्च ओहदामा समेत यादव जातिका व्याक्तिहरु पुगिसकेको भन्दै उनले ग्रामीण क्षेत्रमा पिछडिएका यादव जातिलाई पनि अगाडि बढाउनुपर्नेमा जाेड दिए।

कांग्रेस युवा नेता शैलेन्द्र यादवले पर्सा जिल्लाको क्षेत्र नम्बर ३ क मा १६ वटा वडा र ५० बढी गाउँटोल रहेकोले सबैलाई समेट्न वडा स्तरीय र पालिका स्तरीय समिति गठन गरेर समग्रमा यादव जनसमुदायको विकासमा लाग्नुपर्ने बताए।शिक्षाविद हरिराज यादव,लालदेव यादव, रामनारायण यादव लगायतले शिक्षा,कृषि,राजनीति, व्यापार व्यवसायमा यादव समुदायलाई आत्मनिर्भर बन्नुपर्ने बताए ।

नागेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास यादव ,रामजी यादव,शिवशंकर यादव,लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Related posts

उपकार सेवा नेपालद्वारा मनियारीकाे दलितबस्तीका बालकलाई ह्वील चेयर सहयाेग

MadhesKhabar

छठ पूजाको उपलक्ष्यमा वीरगन्जमा यसपालिपनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

पर्साको सेढवामा शिप विकास तालिम सम्पन्न

MadhesKhabar

Leave a Comment