Madhes Khabar
समाज हेडलाइन

मानव सेवा आश्रमका लागि वीरगन्ज बजारमा तरकारी संकलन गर्दै स्वंयसेवकहरु (फोटो फिचर)

फोटो : मुना मगरको फेसबुकबाट ।

वीरगन्ज,८पुषः वीरगन्जस्थित मानव सेवा आश्रममा रहेका लक्षमीनारायणहरुको भोजनका लागि आश्रमका स्वंयसेवकहरुले हरेक शनिबार बजारमा तरकारी संकलन गर्दै आइरहेका छन् ।

यसैक्रममा हिजो शनिबारपनि आश्रमका स्वंयसेवकहरुले वीरगन्जका विभिन्न स्थानमा रहेका तरकारी बजारमा पुगेर हरियो तरकारी, आलु र प्याज संकलन गरेका छन् ।

वीरगन्जस्थित आश्रममा अहिले अशक्त बृद्धबृद्धा , फरक क्षमता भएका र बेसहारा गरि ६० भन्दा बढी लक्ष्मीनारायणहरुलाई राखिएको छ ।

उनिहरुका लागि बिहान र बेलुकीको भोजन र खाजा नास्ताका लागि आवश्यक खाद्यान्न, तेल मशाला , तरकारी लगायतका सामग्री विभिन्न दाता र परोपकारी संघसंस्थाहरुले निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।

हरियो तरकारी भने आश्रमका स्वंयसेवकहरुले हरेक शनिबार वीरगन्ज बजारमा डुलेर पसलेहरुबाट निःशुल्क संकलन गर्दै आएको आश्रमका मधेस प्रदेश संयोजक देवेश मानव सेवाले जानकारी दिदए ।

Related posts

गढीमाई मेलामा कृषि प्रदर्शनी आयोजना, खेतीपातीबारे किसानले रोबोटसँग कुरा गर्न सक्ने

MadhesKhabar

बजार चलायमान नहुदाँ वीरगन्जका दुवै भन्सार राजश्वको लक्ष्य भेट्याउन फेरि पनि असफल

MadhesKhabar

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment