Madhes Khabar
कृषि हेडलाइन

गढीमाई मेलामा कृषि प्रदर्शनी आयोजना, खेतीपातीबारे किसानले रोबोटसँग कुरा गर्न सक्ने

बारा,२१मंसिरःबाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागेको विश्व प्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलामा बृहत कृषि प्रदर्शनी सञ्चालन भईरहेको छ ।उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंसिर १८ गते समुद्घाटन गरेको कृषि प्रदर्शनी कनेक्ट किसानप्रालिले आयोजना गरेको हो ।

गढिमाई मेलाभर्न आउने करोडौँ सहभागीलाई लक्षित गरी पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कनेक्ट किसान प्रालिका अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिइन् ।

कृषक, कृषि उपज, बिउ, मल, बजार र उपभोक्ता एकैठाउँमा भेट हुने यस प्रदर्शनीमा किसानले बजार र उपभोक्ता पाउने र कृषिसँग सम्बन्धित कम्पनीहरुले सिधै किसान तथा उपभोक्ता भेट्दा एक–अर्काको आवश्यक्ता बुझ्ने सहज हुने अध्यक्ष लामिछानेले बताइन् ।

देवीको दर्शनका साथै खेल तमासा, खानपिन र मनोरञ्जन हरेक मेलामाहुने गरेको भएपनिकिसानहरुकै लागि केन्द्रित गरेर गढिमाई मेलामा आयोजना गरिएको कृषि प्रदर्शनी पहिलो पटक हो ।मंसिर २४ गतेसम्म सञ्चालन हुने कृषि प्रदर्शनीमा पालिकाजोन अन्तर्गत सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगन्जको च्याउ, दही तथा हस्त निर्मित सामग्री, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक मह राखिएको छ । त्यस्तै सात प्रदेशको सात फरक परिकार, कोदोको सेलरोटी, कोदोको मम, खुवाको योमरी, मौलीक आलु, गुन्द्रुकको अचार र लोकल खानापनि समावेश छन् ।

कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपासिचाई प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्राक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्यआवश्यक उपकरणहरुपनि प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञहरुसँग कृषि सम्बन्धि विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवादगर्ने व्यवस्था समेत मिलाईएको छ । त्यस्तै कृषि प्रदर्शनीको अर्को खास आकर्षणमा रोबोट पनि रहेको छ । किसानहरुले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफगर्न सक्ने ब्यवस्थापनि मिलाईएको छ । कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषिसँग सम्बन्धित कुनैपनि सवाल जवाफ सोध्न सक्ने गरि रोबोटको विकास गरिएको कनेक्टकिसानका राजन दहालले जानकारी दिए ।

कनेक्ट किसानले आयोजना गरेको उक्त कृषि प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण, परियोजना कार्यान्वयन ईकाई बारा, कृषि औजार अनुसन्धान केन्द्र, कृषि सुचना तथा प्रशीक्षण केन्द्र, कृषि विभाग, कृषिउद्यम केन्द्र, कृषि विकास बैंक, नेपाल पर्यटन बोर्ड, अग्नी ग्रुप महिन्द्रा, पतञ्जली, वल्र्डलिंक, जगशक्ती, मनोज ईन्टरनेशनल ट्रेडर्स, देवकी ट्रेडर्स, जय माँ सरस्वती ट्रेडर्स, आरोह फर्टीलाईजर्स, सिंघानिया ग्रुप, प्योर हनी, लगाएतका प्रतिष्ठित संस्थाहरुको सहभागिता रहेको छ ।

 

Related posts

वीरगन्जमा जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक भारतीय पक्राउ

MadhesKhabar

पर्सा १ मा प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, पूर्व वडाध्यक्ष ग्यासुदीन मियाँ जसपा प्रवेश

MadhesKhabar

ऐतिहासिक धार्मिकस्थल सिम्रौनगढको पलकियामाई क्षेत्रमा उत्खनन् सुरु

MadhesKhabar

Leave a Comment