Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

फेरि बढ्याे डिजेल र पेट्रोलकाे मूल्य

काठमाडौं,३फाल्गुन:नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।आयल निगम सञ्चालक समितिको बिहीबार बेलुकी बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल,पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हाे । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि नेपाल आयल निमगले भने प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने छ ।

Related posts

पर्सामा गर्भपतन गराउने स्कूले बालिकाको संख्यापनि बढ्दै

MadhesKhabar

भारतसँगको खेलमा वीरगन्जका आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

MadhesKhabar

भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

MadhesKhabar

Leave a Comment