Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

फेरि बढ्याे डिजेल र पेट्रोलकाे मूल्य

काठमाडौं,३फाल्गुन:नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।आयल निगम सञ्चालक समितिको बिहीबार बेलुकी बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल,पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हाे । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि नेपाल आयल निमगले भने प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने छ ।

Related posts

वीरगन्जको खाद्य व्यवस्था कम्पनीले दसैंका लागि मकवानपुरबाट १ करोडको खसी–बोका खरिद गर्‍यो

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघद्धारा मन्त्री यादवलाई धन्यवाद

MadhesKhabar

वीरगन्जमा आयोजित ‘एकताका लागि दौड’ म्याराथनमा ४ हजारले लिए भाग, खातुन र साह भए प्रथम

MadhesKhabar

Leave a Comment