Madhes Khabar
खेलकुद हेडलाइन

भारतसँगको खेलमा वीरगन्जका आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

काठमाडाैं,१८भदाैं :एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा पहिले ब्याटिङ गर्दैछ ।

नेपालले आज टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले वीरगन्जका आरिफ शेखको स्थानमा भीम सार्कीलाई राखेको छ ।

भारतले पनि जसप्रित बुम्राहको ठाउँमा मोहम्मद शामीलाई मौका दिएको छ ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस्तो छ नेपालको प्लेइङ ११

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

Related posts

आसिफ र अनिलको अर्धसतकमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

MadhesKhabar

एमाले प्रवेश गरेका पूर्वमन्त्री यादवलाई केपी ओलीले बनाए पर्सा-१ काे उम्मेदवार

MadhesKhabar

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत

MadhesKhabar

Leave a Comment