Madhes Khabar
समाज हेडलाइन

दाइजोको निहुँमा विहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँचै जना धरौटीमा रिहा

फाइल तस्बिर ।

वीरगन्ज,१५चैतःवीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् ।रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा हल टोलका उमेश साह ,उनका बुबा बच्चालाल साह , बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ बस्ने रामएकवाल साह रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसंग विवाद गरेपछि विहे नै भाँडिएको थियो ।त्यहि विवाद चर्किएर बेहुला र बेहुलीपक्षबिच कुटाकुटपनि भएको थियो । विहे नै भाँडिएपछि प्रहरीले विहेके जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनिहरु विरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा बिबाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दाको गत आईतबार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

यता बेहुला पक्षले भने दाइजोको निहुँमा विहे भाँडिएको कुरा निराधार रहेको दाबी गर्दै आएको छ । बेहुलीलाई मागेजतिको गहना आँफुहरुले विहेमा नल्याएको निहुँमा बेहुली पक्षले विवाद गरेर विहे भाँडेको बेहुला पक्षले आरोप लगाउदै आएको छ ।

 

Related posts

बाराको सरकारी विद्यालयमा एक दम्पतीले वैैवाहिक बर्षगाँठको अवसरमा बाँडे शैक्षिक सामाग्री

MadhesKhabar

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

वीरगन्जमा डेंगु नियन्त्रण अभियानमा नगरबासीले साथ नदिएको स्वास्थ्यकर्मीहरुको गुनासो

MadhesKhabar

Leave a Comment