Madhes Khabar
समाज हेडलाइन

कलैयामा पनि महिलाहरुले निकाले अनुपम यात्रा : ‘अबको चुनावमा महिला पहिला’

तस्बिर :साजिर मन्सूर

बारा,२३फागुनः ‘अबको चुनावमा महिला पहिला’ भन्ने नाराका साथ अनुपम अभियान यात्रा अन्तर्गत शुक्रबार बाराको कलैयामा दबाबमुलक र्याली प्रदर्शन गरिएको छ ।

बारामा सकृय महिला सम्बद्ध विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा कलैयास्थित उपमहनागरपालिकाको कार्यालय अगाडिबाट सुरु भएको दबाबमुलक र्याली कलैया गरको परिक्रममापछि भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त दबाबमुलक र्यालीमा सहभागी महिलाहरुले ‘हमनीके महिला सबसे पहिला’,मिसन ८४ सफल पारौं,मेयरमा महिलालाई रोजौं’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्ने महिला अगुवाहरुले राजनीतिक नेतृत्वमा महिलाको सहभागीता सुनिश्ति गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले अबको निर्वाचनमा स्थानीय तहको नेतृत्वलाई महिलालाई निर्वाचित गराउन आँफुहरु लाग्ने प्रतिबद्धतापनि जनाए ।
कलैया उपमहानगरपालिकाकी उपमेयर रौशन प्रविणले राजनीतिक नेतृत्वमा महिलाको सहभागीता सुनिश्चित गर्न थालिएको अनुपम अभियानलाई सबै महिलाहरु एकजुट भएर लाग्ने प्रतिबद्धता जनाइन् । उनले अहिले पनि महिलाका अधिकारलाई केवल नारा र संविधानमा मात्रै सिमित गरिएको बताइन् ।महिलाहरुले थालेको यो अभियानमा पुरुष नेतृत्वले समेत साथ दिन उनले आह्वान गरिन् ।

महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले आगामी चुनावमा राजनितीक दलले चुनावी गठबन्धन गरेर महिलालाई बाहिर पार्ने षडयन्त्र गरेको खण्डमा दलका महिलाहरु एकजुट भएर छुट्टै महिला गठबन्धन गर्ने चेतावनी समेत दिइन् । राजनीतिक दलको नेतृत्वमा अहिले पितृसतात्मक सोच हाबी रहेको भन्दैै उनले हरेक दलले निर्वाचनमा महिलालाई निर्णायक पदमा उम्मेदवार नबनाएमा महिलाहरुले विद्रोह गर्ने बताइन् ।

पुर्वमन्त्री कलावती पास्वानले आउने निर्वाचनमा महिलाको लागि आरक्षण सिट कायम गर्न माग गरिन् । महिला अधिकारकर्मी निभा सिंहले अब महिलाहरु जुनसुकै दलको भएपनि महिलाको सवालमा एकजुट हुनै पर्ने बताइन् ।

यसअघि दबाब मुलक र्यालीसहितको अनुपम यात्राको सुभारम्भ कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र उपमेयर रौशन प्रविणले संयुक्त रुपमा गरेका थिए ।

Related posts

वीरगन्जमा पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

MadhesKhabar

पर्साका जनप्रतिनिधिहरुको प्राथमिकतामा स्वास्थ्यका कार्यक्रम नपरेको स्वास्थ्यकर्मीहरुको गुनासो

MadhesKhabar

वीरगन्जबाट अनुगमनमा गएका कर्मचारीहरुमाथि कुटपिट,इन्स्पेक्टरको मोबाइल पनि फुटाइयो

MadhesKhabar

Leave a Comment