Madhes Khabar
समाज

कलैयामा राजदेवी सांगीतिक समुहको वार्षिकोत्सवमा ७१ जनाले गरे रक्तदान

वीरगन्ज,१९असोजःबाराको कलैयामा शनिबार आयोजित रक्तदान कार्यक्रममा जनाले ७१ जनाले रगतदान गरेका छन् ।राजदेवी सांगीतिक समुहले आफनो २१ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११ महिलासहित ७१ जनाले रगतदान गरेका हुन् ।

महालक्ष्मी विकास बैंकको प्रायोजनमा आयोजित कार्यक्रममा रगत दान गर्नेहरुमा मनिषा चौधरी , नितु यादव, सुधा सिंह, पवित्रा कुमारी, जुली श्रीवास्तव , प्रभा देवी कनुइन्, सुनिता देवी ,सहनाज खातुन, रितु कुमारी,संगीता पटेल,रामबाबु महतो,निरज कुमार नेपाली,आयुष शर्मा,रामराज पौडेल ,कर्दम श्रेष्ठ, धर्मेन्द्र चौधरी, सन्जय पटेल लगायतका रहेको सांगीतक समुहका संस्थापक सदस्य विपिन चौधरीले जानकारी दिए।

राजदेवी सांगीतिक समुहका अध्यक्ष नीरज नेपालीको अध्यक्षता तथा नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाली कांग्रैस बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह,बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेल,कलैया–१ का वडाध्यक्ष मोहन क्षेत्री, महालक्ष्मी विकास बैंक कलैया शाखाका कर्जा प्रमुख विपिन चौधरी,अरुण यादव लगायतकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जको मानव सेवा आश्रमद्वारा ८ वर्षमा २ सय ९२ जनाको उद्धार

MadhesKhabar

बाल अधिकार संरक्षणका लागि सबैको भुमिका महत्वपुर्ण —सिडिओ

MadhesKhabar

बारा: प्रहरी चाैकी, वडा कार्यालय र धर्मशालाका लागि वडा अध्यक्षले गरे २ कराेडकाे जग्गा दान

MadhesKhabar

Leave a Comment