Madhes Khabar
समाज

बारा: प्रहरी चाैकी, वडा कार्यालय र धर्मशालाका लागि वडा अध्यक्षले गरे २ कराेडकाे जग्गा दान

बारा,६असाेज: बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले २ करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।

वडा अध्यक्ष सिंहले अस्थायी प्रहरी चौकी तेलकुवाका लागि १ कट्टा, वडा नम्बर ७ को वडा कार्यालयका लागि पनि १ कट्टा र तेलकुवामा दलित समुदाय मुसहर जातीका लागि धर्मशाला निर्माणका लागि ३ धुर जग्गा दान गरेका हुन् ।

 

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा छिटो छरितो रूपमा सेवा प्रवाह गर्नका लागि र विपन्न वर्गको पहुँचका हेतुले धर्मशाला निर्माणमा आफूले जग्गा दान गरेको वडाध्यक्ष सिंहले बताए ।

दलित धर्मशाला आफैले निर्माण गराएको तथा वडा कार्यालय र प्रहरी चौकी सरकार, अन्य दातृ निकायको सहयोगमा निर्माण कार्य सम्पन्न भई सेवा प्रवाहसमेत भइरहेको वडाध्यक्ष सिंहले जानकारी दिए ।

वडा अध्यक्ष सिंहले विकासलाई पनि उतिकै प्राथमिकता दिँदै सिचाइका लागि डिप बोरिङ्ग, स्वच्छ साफा खानेपानीको लागि पानी टङ्की निर्माण ,प्रहरी चौकीमा रंगरोगन, झ्यालढोका निर्माण, प्लास्टर समेत गर्नुको साथसाथै मुसहर समुदायका लागि तेलकुवामा दलित धर्मशाला निर्माण, अधुरो बाटो निर्माण कार्यालयमा बाईफाई जडान, लगायतका कामहरू गरेको बताउँदै वडालाई नमुना वडाको रूपमा विकास गर्ने लक्ष्यअनुरूप काम अगाडी बढाएको बताए ।

सिंह जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् ।साभार: रेडियो नेपालबाट

Related posts

निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

MadhesKhabar

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

MadhesKhabar

वीरगन्ज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment