Madhes Khabar
समाज

वीरगन्ज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ जनाले गरे रगत दान

वीरगन्ज,१२जेष्ठःवीरगन्जमा शनिबार वीरगन्ज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिलासहित १ सय १२ जनाले रगत दान गरेका छन् ।

होटल मकालुमा आयोजित उक्त कार्यक्रममा प्रिया मिश्र, संजिव थापा, बिशम्भर मल्ल, राजु गुप्ता, बिक्रम खनाल, मणिहर्ष शाक्य, मनोज गुप्ता लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

वीरगन्ज युवा समाजका अध्यक्ष संजिव थापाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसााल, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतकोपनि उपस्थिती थियो ।

Related posts

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

MadhesKhabar

कलैयाको सुरक्षाका लागि सिद्धार्थ बैंकले प्रहरीलाई दियो सिसिटिभी क्यामेरा

MadhesKhabar

पचरौतामा ‘नगर प्रमुख जीवन रक्षा कार्यक्रम’ अन्तर्गत ६० जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment