Madhes Khabar
समाज

कलैयाको सुरक्षाका लागि सिद्धार्थ बैंकले प्रहरीलाई दियो सिसिटिभी क्यामेरा

बारा,७साउनः बाराको कलैयाको सुरक्षाका लागि सिद्धार्थ बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय बारालाई दुई थान सिसिटिभी क्यामेरासहितको उपकरण सहयोग गरेको छ ।कलैया बजारमा बाहिरबाट आउने तथा जाने ब्यक्तिहरुको रेकर्ड राख्न सहजहोस् भनेर बैंकले अत्याधुनिक सिसिटिभी क्यामेरा २ सेट प्रहरीलाई सहयोग गरेको हो ।

सिद्धार्थ बैंक लिमिटेड कलैया शाखाका प्रबन्धक मनमोहन लाल साहले आइतबार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई उनकै कार्यकक्षमा सिसिटिभी क्यामेरा हस्तान्तरण गरेको बैंकका प्रशासकिय अधिकृत रुवी देवले बताईन् ।

कलैयामा गलत गतिविधि गरेर भाग्नेहरुको दृश्य कैद गर्नमा मद्दत तथा अपराधिक गतिविधि गर्ने व्यक्तिको यकिन पहिचान गर्ने कार्यमा सिसिटिभी क्यामेराले सक्दो सहयोग पुग्ने अपेक्षा गरेरप्रहरीलाई सहयोग गरिएको प्रबन्धक साहले बताए ।

बाराका प्रहरी उपरीक्षक खड्काले कलैयामा रहेका करिब एक दर्जन बैंकका बिभिन्न शाखाले सिसिटिभी क्यामेरा दिने वाचा गरेको बताए। हाल कलैयाका विभिन्न स्थानमा ३० वटा सिसिटिभी क्यामेरा जडान भएपनि पानी र हावाको कारण १० वटा क्यामेरा बिग्रिएको अवस्था रहेको उनले बताए ।

सिसिटिभी क्यामेरा हस्तान्तरण कार्यक्रममा सिद्धार्थ बैंकका बैंकका कर्मचारी सिद्धार्थ पोद्दार,प्रहरी निरीक्षक रादेश खत्रीलगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

MadhesKhabar

पर्सा :जन्तीलाई माछा नखुवाएको निहुँमा भाँडिएको विहे एक हप्तापछि दुवै पक्षको राजीखुशीमा सम्पन्न

MadhesKhabar

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

MadhesKhabar

Leave a Comment