Madhes Khabar
समाज

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

वीरगन्ज ,२८जेष्ठ : वीरगन्जकाे नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामी र सेवाग्राहीका लागि अस्पतालका चिकित्सकहरुले चिसाे सर्वत पानी वितरण गर्न सुरु गरेका छन् ।

अत्याधिक गर्मी र खडेरीले जनजिवन कष्टकर बन्नुका साथै चापाकलपनि सुक्न थालेपछि वीरगन्जमा केहिदिन यता खानेपानीको हाहाकार भइरहेकाे छ ।

गर्मीले अस्पतालमा उपचार र सेवाका लागि आउने बिरामी र सेवाग्राही पनि प्रभावित हुन थालेपछि अस्पतालकाे मेडिसिन विभागमा कार्यरत चिकित्सकहरुले गत शुक्रबारदेखि सर्वत पानी निशुल्क वितरण गर्न थालेका हुन् ।

अस्पतालकाे बहिरंग (ओपिडी) विभागमा आउने बिरामी र सेवाग्राहीलाई चिकित्सकहरुकाे सामुहिक अग्रसरतामा निशुल्क सर्वत पानी वितरण गरिएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिए । गर्मी कम नभएसम्म सर्वत पानी वितरण कार्य निरन्तर जारी रहने मेडिसिन विभागका चिकित्सकहरुले बताएकाे जानकारी सिंहले दिए ।

डाक्टर सिंहका अनुसार , नारायणी अस्पतालमा सबै भन्दा बढी चाप बहिरंग विभागमा हुने गरेकाे छ । बहिरंग विभागमा उपचार र सेवाका लागि दैनिक १ हजारकाे हाराहारीमा बिरामी र सेवाग्राही आउने गरेकाे डाक्टर सिंहले बताए ।

Related posts

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

पर्साको शिवधाम धार्मिक वन क्षेत्रमा कांग्रेसद्वारा वृक्षारोपण

MadhesKhabar

बारामा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment