Madhes Khabar
समाज

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

वीरगन्ज ,२८जेष्ठ : वीरगन्जकाे नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामी र सेवाग्राहीका लागि अस्पतालका चिकित्सकहरुले चिसाे सर्वत पानी वितरण गर्न सुरु गरेका छन् ।

अत्याधिक गर्मी र खडेरीले जनजिवन कष्टकर बन्नुका साथै चापाकलपनि सुक्न थालेपछि वीरगन्जमा केहिदिन यता खानेपानीको हाहाकार भइरहेकाे छ ।

गर्मीले अस्पतालमा उपचार र सेवाका लागि आउने बिरामी र सेवाग्राही पनि प्रभावित हुन थालेपछि अस्पतालकाे मेडिसिन विभागमा कार्यरत चिकित्सकहरुले गत शुक्रबारदेखि सर्वत पानी निशुल्क वितरण गर्न थालेका हुन् ।

अस्पतालकाे बहिरंग (ओपिडी) विभागमा आउने बिरामी र सेवाग्राहीलाई चिकित्सकहरुकाे सामुहिक अग्रसरतामा निशुल्क सर्वत पानी वितरण गरिएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिए । गर्मी कम नभएसम्म सर्वत पानी वितरण कार्य निरन्तर जारी रहने मेडिसिन विभागका चिकित्सकहरुले बताएकाे जानकारी सिंहले दिए ।

डाक्टर सिंहका अनुसार , नारायणी अस्पतालमा सबै भन्दा बढी चाप बहिरंग विभागमा हुने गरेकाे छ । बहिरंग विभागमा उपचार र सेवाका लागि दैनिक १ हजारकाे हाराहारीमा बिरामी र सेवाग्राही आउने गरेकाे डाक्टर सिंहले बताए ।

Related posts

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

किरिया खर्चका लागि विपन्न परिवारलाई वडाध्यक्ष मुखियाले गरे सहयोग

MadhesKhabar

बाराकाे जीतपुरबाट १० दिनदेखि बेपत्ता बालक अंश वीरगन्जको खाेलामा मृत अवस्थामा भेटिए

MadhesKhabar

Leave a Comment