Madhes Khabar
समाज

पर्साको शिवधाम धार्मिक वन क्षेत्रमा कांग्रेसद्वारा वृक्षारोपण

प्रमोद यादव

वीरगन्ज,११साउनःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ स्थित शिवधाम धार्मिक वनमा नेपाली कांग्रेसले वृक्षारोपण गरेको छ ।महामानव एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सखुवा प्रसौनी गाउँपालिका समितिले आइतबार धार्मिक वनमा वृक्षारोपण गरेको हो । आँप, लिची, कटहर, अम्बा लगायत विभिन्न प्रजातिका १५० वटा विरुवा रोपिएको कांग्रेसका गाँउपालिका अध्यक्ष जयराम महतो थारुले जानकारी दिए ।

वृक्षा रोपण कार्यक्रममा प्रमुख अतिथी कांग्रेसका युवा नेता शैलेन्द्रकुमार यादवले शिवधाम क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ महामानव स्व.बीपी कोइरालाकोपनि सपना थियो समृद्ध, समावेशी र हराभरा नेपाल। हामीले शिवधाम वनलाई संरक्षण गर्दै वनभोज स्थल, ध्यानस्थल र धार्मिक पर्यटक केन्द्रको रूपमा विकास गरी स्थानीयलाई रोजगारी दिने काम अगाडि बढाउँछौं। यसका लागि पार्टीको तर्फबाट निरन्तर सहयोग रहनेछ।’

कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्वमेयर दीपनारायण रौनियारले वनजंगलको संरक्षणसँगै वातावरणमैत्री गतिविधिमा पार्टी अग्रसर रहनुपर्ने धारणा राखे। कांग्रेस नेता हजारी साहले पार्टीका हरेक क्रियाकलाप समाज र प्रकृति दुवैका लागि हितकारी हुनुपर्ने बताए ।नेतृ सुमित्रा पन्तले महिलाको सहभागिता र वातावरणप्रति सचेतना अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेता लालदेव महतो, विश्वनाथ पटवारी, जुगेश्वर यादव, रितनारायण चौधरी,श्यामसुन्दर दास लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

बालविवाहविरुद्ध सामूहिक संघर्ष गरिरहेका मधेसका दलित र मुस्लिम किशोरीहरुको सफलताका कथा..

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

पर्साको गुलरियाका आगलागी पिडित परिवारलाई रेडक्रसबाट राहत सामग्री वितरण

MadhesKhabar

Leave a Comment