Madhes Khabar
समाज

निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

वीरगन्ज,२१ भदौं :२२ औं निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्ज–१६ नगवास्थित बाइपास सडक छेउछाउमा वृक्षारोपण गरिएको छ ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा जिल्ला प्रशासन कार्यालय पसाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नगवास्थित बाइपास सडकका डिभाइडर र सडक छेउमा गरी विभिन्न प्रजातिका ६० वटा विरुवाहरु रोपिएको हो । रोपिएका विरुवाहरुको संरक्षणका लागि फलामको तारजालीपनि लगाइएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

खेतानकै अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा वीरगन्जस्थित नेपाल प्रहरीको मधेस प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक शान्तीराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल, सशस्त्र प्रहरी उपरीक्षक पुरण्चन्द्र भट्ट लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

ठोरीका मृगौला पिडित श्रेष्ठकाे उपचारका लागि १ लाख ७५ हजार नगद सहयोग

MadhesKhabar

पोखरीयामा १४ वटा बढि मतपत्र भेटिए पछि विवाद

MadhesKhabar

ट्रेड युनियन कांग्रेसद्वारा कलैया अस्पतालका बिरामीहरुलाई खाजा वितरण

MadhesKhabar

Leave a Comment