Madhes Khabar
समाज

ट्रेड युनियन कांग्रेसद्वारा कलैया अस्पतालका बिरामीहरुलाई खाजा वितरण

बारा,२१फाल्गुनःनेपाल ट्रेड युनियन कांग्रेस बाराले सोमबार कलैयास्थित प्रादेशीक अस्पतालका बिरामीहरुलाई खाजा वितरण गरेको छ ।

ट्रेड युनियन कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस बाराले प्रादेशिक अस्पतालमा सोमबार बिहान बिरामीहरुलाई खाजाका रुपमा दुध पाउरोटी वितरण गरेको हो । अस्पतालमा उपचाररत ६० जना बिरामीलाई दुध पाउरोटी वितरण गरिएको ट्रेड युनियन कांग्रेस बाराका अध्यक्ष विश्वमणी शर्माले जानकारी दिए ।

शर्माको अध्यक्षता तथा नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवको प्रमुख आतिथ्यता भएको खाजा वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी ,उपाध्यक्ष अलिना चौधरी,बैद्यनाथ यादव ,बसन्त धिमिरे, नेपाल तरुण दलका बाराका अध्यक्ष दीपेन्द्र पटेल,भुवनेश्वर यादव लगायतकोपनि सहभागीता थियो ।

Related posts

रेडक्रस सोसाइटी बाराको सभापतिमा पुन खड्का चयन

MadhesKhabar

वीरगन्ज १० का जनताले अब ब्लड बैंकबाट निशुल्क रगत पाउने

MadhesKhabar

महिला नेताहरु सडकमा, भन्छन् – पुरुष मात्रै उम्मेदवार भए महिलाले भोट नै हाल्दैनौ

MadhesKhabar

Leave a Comment