Madhes Khabar
समाज

वीरगन्ज १० का जनताले अब ब्लड बैंकबाट निशुल्क रगत पाउने

मधेसखबर

वीरगन्ज,१४ साउन : वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० का स्थानीयले वीरगन्ज स्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रबाट अब निशुल्क रगत पाउने भएका छन् ।

वडा नम्बर १० को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बिच वडा नम्बर १० का वडावासीलाइ निशुल्क रगत उपलब्ध गराउने विषयमा शनिबार सम्झौता  भएको हो ।

सम्झौता भएसंगै निशुल्क रगतका लागि वडा अध्यक्ष सुशील साह कानुले रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाइ शनिबार नै १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

 वडा अध्यक्ष कानुले अब वडाका कोहि पनि वासीन्दा बिरामी भएर रगतको आवश्यकता परे वडा कार्यालयबाट सिफारिस पत्र लिएर रक्तसञ्चार केन्द्रमा गए निशुल्क रगत पाउने बताए । उनले आफनो वडाका कोहि पनि जनता  पैसाको अभावमा स्वास्थ्य सेवाबाट बन्चित नहोउन्   भन्ने आफ्नो उद्देश्य रहेको बताए।

सम्झौता पत्र एंव चेक हस्तान्तरण कार्यक्रममा वडा नंबर १० का वडा सदस्यहरू, रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, जसपाका नेता मुकेश द्विवेदी, स्थानीय शम्भु साह कानु, राजेश सिंह लगायतको पनि सहभागीता रहेको थियो।

Related posts

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

MadhesKhabar

उपकार सेवा नेपालको सामाजिक सेवा : ४६५ विधार्थीलाई स्वीटर वितरण

MadhesKhabar

ठोरीको जंगलबाट एक भारतीय युवतीको उद्दार

MadhesKhabar

Leave a Comment