Madhes Khabar
समाज

वीरगन्जमापनि १४ महिलासहित ६० जनाले गरे रक्तदान

वीरगन्ज,२२बैशाखःवीरगन्जको वीर्तामा अवस्थित श्रीराम हस्पिटलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अस्पताल परिसरमै आयोजित रक्तदान कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । रगत दान गर्नेहरुमा बिककी सर्राफ, कमल चौगाईं, नम्रता घिमिरे, अमृता श्रेष्ठ , प्रेम भण्डारी ,ईशा बराल, प्रिती रिमाल, ज्योतीलाल पण्डित, डाक्टर मनिष खन्ना, डाक्टर सुनिल यादव, अमजद अन्सारी, शशांक लामा लगायतका रहेको अस्पतालकी प्रबन्ध निर्देशक डा.दिप्ती यादवले जानकारी दिइन् ।

गर्मीमा रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको र त्यसैलाई मध्यनजर गरेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । उनका अनुसार रगत दान गरेकाहरुलाई विभिन्न प्रजातिको विरुवा वितरणपनि गरिएको थियो ।

यादवकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य भीमा यादव, प्रहरी निरीक्षक पुष्कर बोगटी,बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर श्यामसुन्दर यादव,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं, डाक्टर रामप्रसाद यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

चार वर्षीया नाबालिकालाई बलात्कार गर्ने चौधरीलाइ जन्म कैदको सजाय

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालय र अस्पतालमा जनमत पार्टीले हेल्पलाइन सञ्चालन गर्ने

MadhesKhabar

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

Leave a Comment