Madhes Khabar
समाज

चुरे दिवसको अवसरमा वीरगन्जको आदर्शनगरमा वृक्षारोपण

मधेसखबर
वीरगन्ज,०२असार : आठौं चुरे दिवसको अवसरमा वीरगन्जको आदर्शनगर क्षेत्रमा बिहिबार वृक्षारोपण गरिएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भरतपुरको संयुक्त आयोजनामा आदर्शनगरमा वृक्षरोपण गरिएको हो ।वृक्षारोपण कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरेका थिए ।

आदर्शनगर क्षेत्रमा स्टिक , कागती र निमका गरि २ सय ८० वटा बिरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।वृक्षारोपण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेनाको श्रीजंग गण श्रीपुरका गणपति डायमन कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत,सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत नितेश कुमार लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा सिटिजन बैंकको वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज जेसीजले दलित बालबालिकाहरुलाई बाँड्यो शैक्षिक सामग्री

MadhesKhabar

प्रेस चौतारीकाे स्थापना दिवस : बारामा विद्यालय र संचारकर्मीलाई सहयोग

MadhesKhabar

Leave a Comment