मधेसखबर
वीरगन्ज,०७ असार: वीरगन्जमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने अबैध धन्दा चलाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २ रेल्बे रोड स्थित मनान मिया तेलीको घरमा चार महिना देखि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई प्रहरीले पक्राउ गरेको हो।
खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाईपास गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
खानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

