Madhes Khabar
समाज

वीरगन्जको परोपकारी संस्था उपकार सेवाले सशस्त्र प्रहरीलाई दियो खानेपानी ट्यांकी

वीरगन्ज,१२असोजःपरोपकारी संस्था उपकार सेवा नेपालले पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवपट्टीमा रहको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खानेपानीको ट्यांकी सहयोग गरेको छ ।

ट्यांकी नहुदाँ त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुलाई खानेपानीका लागि समस्या भएको थाहा पाएपछि उपकार सेवा नेपालले प्लाष्टिकको पानी ट्यांकी सहयोग गरेको हो।सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा रहेका सुरक्षाकर्मीहरुलाई खानेपानीको सरल र सुलभ व्यवस्थापन होस् भन्ने अभिप्रायले उपकार सेवा नेपालले एक हजार लिटरको प्लाष्टिकको ट्यांकी उपलब्ध गराएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

ट्यांकी हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सुरज कार्की र युवराज योञ्जन, सशस्त्र प्रहरी निरीक्षकहरु फलबहादुर थापा,अन्त बहादुर गुरुंग, हरिचन्द्र खड्का,उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी,सदस्य सुमन बगेडिया,समाजिक अभियन्ता प्रकाश थारू लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

साहिब दरबारले आयोजना गरेकाे कार्यक्रममा १ सय ५५ जनाले गरे रगतदान

MadhesKhabar

प्रभु हस्पिटलको स्थापना दिवसमा वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान

MadhesKhabar

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ठोरीका युवा सम्मानित

MadhesKhabar

Leave a Comment