Madhes Khabar
समाज

वीरगन्जको परोपकारी संस्था उपकार सेवाले सशस्त्र प्रहरीलाई दियो खानेपानी ट्यांकी

वीरगन्ज,१२असोजःपरोपकारी संस्था उपकार सेवा नेपालले पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवपट्टीमा रहको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खानेपानीको ट्यांकी सहयोग गरेको छ ।

ट्यांकी नहुदाँ त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुलाई खानेपानीका लागि समस्या भएको थाहा पाएपछि उपकार सेवा नेपालले प्लाष्टिकको पानी ट्यांकी सहयोग गरेको हो।सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा रहेका सुरक्षाकर्मीहरुलाई खानेपानीको सरल र सुलभ व्यवस्थापन होस् भन्ने अभिप्रायले उपकार सेवा नेपालले एक हजार लिटरको प्लाष्टिकको ट्यांकी उपलब्ध गराएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

ट्यांकी हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सुरज कार्की र युवराज योञ्जन, सशस्त्र प्रहरी निरीक्षकहरु फलबहादुर थापा,अन्त बहादुर गुरुंग, हरिचन्द्र खड्का,उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी,सदस्य सुमन बगेडिया,समाजिक अभियन्ता प्रकाश थारू लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

रानीघाट दुर्गा पूजा सेवा समितिकाे कार्यक्रममा ९५ जनाद्वारा रक्तदान

MadhesKhabar

रेडक्रस सोसाइटी बाराको सभापतिमा पुन खड्का चयन

MadhesKhabar

ग्लोबल विजनेश क्लेजकाे रक्तदान कार्यक्रममा १३१ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment