Madhes Khabar
समाज

पाँडेपुरका आगलागी पिडित परिवारलाई जन सेवाले गर्याे आर्थिक सहयाेग

वीरगन्ज ,३२जेष्ठ : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ पाँडेपुरका आगलागीबाट पिडित परिवारलाई जन सेवा नामक संस्थाले आर्थिक सहयाेग गरेकाे छ ।

पाँडेपुरमा गत मंगलबार भएकाे आगलागीबाट पिडित दुई परिवारलाई जनहि ४/४ हजारका दरले ८ हजार रुपैयाँ नगद सहयाेग गरिएकाे जन सेवा संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाधरीले बताए ।

बुधबार पाँडेपुरमै पुगेर आगलागीबाट पिडित मञ्जु महताे नुनिया र संदीप महताे नुनियालाई उक्त रकम प्रदान गरिएको चाैधरीले जानकारी दिए ।आगलागीबाट घर र घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएपछि बिचल्लीमामा परेका परिवारलाई तत्काल थाेरै भएपनि राहत पुगाेस् भनेर सहयाेग गरिएको चाैधरीले बताए ।

सहयाेग रकम प्रदान गर्ने क्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, संस्थाका सदस्य कन्हैया पटेल, मनाेज महताे केवट, पत्रकार राजेन्द्र सिंह राजपुत लगायतकाेपनि उपस्थिति थियाे ।

Related posts

पर्सामा एक महिनामै ६७ घरेलु हिंसाका उजुरी, अधिकांश मिलापत्रमार्फत टुंगिए

MadhesKhabar

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

Leave a Comment