Madhes Khabar
स्थानिय

प्रभु बैंकको प्रदेश प्रमुखमाथि छानबिन गर्न वीरगन्जका जेनजी युवाहरुको माग

वीरगन्ज,२५कात्तिकःवीरगन्जका सचेत युवाहरुको एक समुहले प्रभु बैंकको प्रादेशीक कार्यालय प्रमुखमाथि छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

बैंकका प्रदेश प्रमुखले बैंकको कर्जा प्रवाह लगायतका आर्थिक कारोबारमा व्यापक अनियमितता गरेको भन्दै त्यबारेमा सत्यतथ्य छानबिन गरेर कारबाहीको माग गर्दै पर्साका जेनजी युवकहरुको प्रतिनिधि नामक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बैंकको प्रदेश प्रमुख,उनका परिवारजन र व्याक्ति विशेषबीचको कर्जा स्वीकृति,माफी र पदोन्नत्ती प्रकृयाको सम्पूर्ण विवरण छानबिन गर्नु पर्ने, कर्जा फाइल र बैंक निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका माग उनिहरुको छ ।

Related posts

वीरगन्जलाई डुबानबाट जाेगाउन अतिक्रमण हटाएर मुख्य नालाकाे सरसफाइ गरिदैं

MadhesKhabar

हुण्डी काराेबारमा संलग्न एक युवतीसहित चार जना वीरगन्जबाट पक्राउ 

MadhesKhabar

पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

MadhesKhabar

Leave a Comment